मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति र उपराष्ट्रपतिले कार्यकालपछि सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गरौँ : सांसद खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १६:५o:oo

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिले कार्यकालपछि सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले राष्ट्रपति र उपराष्ट्रपति अरू राजकीय पदजस्तो नभएको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन्।

‘राष्ट्रपति र उपराष्ट्रपति अरू राजकीय पदजस्तो होइन। सबै जात, जाति, धर्म र संस्कृतिलाई जोड्ने राष्ट्रिय एकताको प्रतीक  हो। गणतान्त्रिक संस्थाको गरिमा र उचाइका लागि पनि राष्ट्रपति र उपराष्ट्रपति कार्यकालपछि कुनै पनि दलमा आबद्ध भएर सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गरौँ,’ उनले लेखेका छन्।