मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
रासस काठमाडौं
२o८१ पौष १७ बुधबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ : डा. भट्टराई

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार २o:५८:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन्। 

काठमाडौंको माइतिघर मण्डलामा आज शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक अवस्था हुनुपर्नेमा जोड दिएका हुन्।  

सीमित साधन-स्रोतका बिच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरुरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए।  

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्वशिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए। उनले पछिल्लो समयमा सार्वजनिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको भन्दै चिन्ता प्रकट गरे। उनले पैसा हुने र नहुनेबिच दु्ईवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासंघका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका थिए।