नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष सञ्जीव घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा कामविशेषले अनुपस्थित रहेका घिमिरेले मंगलबार अनामनगरस्थित कार्यालयमा पदभार सुरु गरेका हुन् ।
महासंघ केन्द्रीय सदस्य एवं निवर्तमान प्रदेश कोषाध्यक्ष अर्जुन पन्तले उनलाई कोष हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले कोषाध्यक्ष लेखा राख्ने पद मात्र नभई कोष वृद्धिको जिम्मेवारी बहन गर्ने बताए । पत्रकार कल्याणकारी कोषको व्यवस्थापनमा आफ्नो अर्जुनदृष्टि रहने प्रतिबद्धता प्रकट गर्दै घिमिरेले कोषाध्यक्ष पदको गरिमा बढाउने गरी मतदाताले दिएको जिम्मेवारी पूरा गर्ने प्रण गरे । उनी यसअघि महासंघ जिल्ला शाखा भक्तपुरको सचिव रहेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष टेनिस रोका र महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले घिमिरेले अघि सार्ने प्रदेशको कोष वृद्धि र पत्रकार कल्याणकारी योजनामा आफूहरूको पूर्ण साथ र सहयोग रहने बताएका थिए ।