तमु ल्होसारको अवसरमा नयाँ पत्रिकाकर्मी नवीन गुरुङ सम्मानित भएका छन्। खाँदबारी नगरपालिका–४, सेकाहामा रहेको मकालु बरुण बौद्ध गुम्बाले तमु ल्होसारको अवसरमा आयाेजना गरेकाे कार्यक्रममा उनलाई दोसल्ला, खाँदा र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय गुरुङ पत्रकार महासंघ संखुवासभा शाखाका सचिव पनि हुन्। कार्यक्रममा गुम्बाका अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार गुरुङले पत्रकारितामार्फत महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
खाँदबारी–४, सेकाहामा जन्मिएका पत्रकार गुरुङ करिब २०६४ सालदेखि संखुवासभामा रहेर निरन्तर पत्रकारिता गरिरहेका छन्।