मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार १५:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १५:१८:oo

धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम आजबाट सुरु भएको छ । नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रम सुरु गरिएको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम बागमती प्रदेश सरकारको छुट्टै कार्यक्रम हो । यो ३० वर्षभन्दा माथिका स्वस्थ मानिसमा गरिने स्वास्थ्य परीक्षण हो । यो स्क्रिनिङ कार्यक्रम भएकोले स्वस्थ मानिसमा सुगर, प्रेसर, क्यान्सरजस्ता नसर्ने ठुल्ठुला रोगहरू छन् कि छैनन् भनेर पत्ता लगाउन यो परीक्षण गरिन्छ । आफ्नो स्वास्थ्य कुन अवस्थामा छ भनेर नागरिकले जानकारी पाउने हुँदा सबैलाई सेवा लिन अनुरोध गर्दछौँ,’ उनले भने ।

विगतका वर्षहरूमा गरिएको यस कार्यक्रम प्रभावकारी रहेकाले यस वर्ष पनि सुरु गरिएको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए । ‘यस परीक्षणमा पूरा शरीर चेकजाँच गरिन्छ । अस्पतालको नियमित स्वास्थ्य उपचारलाई बाधा नपर्ने गरी सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म कार्यतालिका बनाएका छौँ । दैनिक कम्तीमा २० जनाको परीक्षण गरिने गर्ने योजना छ । सुरुवातको दिन आज १२ जनाले सेवा लिएका छन्,’ उनले भने, ‘विगतका वर्षहरूमा पनि कार्यक्रम सञ्चालन गरिएकाले केही सिकाइ पनि भएको छ । यसले नागरिकमा ठुलै समस्या परे मात्रै अस्पताल पुग्ने बानीको अन्त्य गर्नेछ । यस कार्यक्रमले मानिसलाई स्वास्थ्य राख्न र नियमित स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्ने विश्वास लिएका छौँ ।’

विश्वव्यापी रूपमा बढ्दै गएको नसर्ने रोगको निवारणमा सहयोग पुग्ने अपेक्षाले यो परीक्षण कार्यक्रमको शुभारम्भ गरिएको उनले बताए । ‘यो स्वस्थ मानिसमा गरिने परीक्षण हो । यसमा दम खोकीका लागि क्याट टेस्ट, उच्च रक्तचाप, पिसाब जाँच, दिसामा सूक्ष्म रगतको जाँच, रगत परीक्षण, मिर्गौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, छातिको एक्सरे, इसिजी, युएसजी, भिआइए जाँचलगायत सेवा तथा परामर्श सेवा प्रवाह गर्छौँ,’ उनले भने ।