होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दुईपांग्रे सवारीसाधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डा एनएक्स २२० मिडिया टेस्ट राइड कार्यक्रम सम्पन्न गरेको छ ।
‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित यो कार्यक्रममा मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरलाई सहरको बाटो, पहाडी ट्रेलमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराएको थियो । टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नक्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तीवनको जंगल पार गर्दै हात्तीवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिएको हो । सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरलाई एनएक्स २०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्ने मौका दिएको कम्पनीले बताएको छ ।
मिट एन्ड ग्रिट कार्यक्रममा साहसिक यात्राप्रेमी र सहरमा सवार गर्न रुचाउने राइडर एकै ठाउँमा भेला भएका थिए । यसले बाइकको एडभेन्चर–क्रसओभर स्टाइलिङ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको बताइएको छ । साथै, बाइकमा रहेको युएसडी (अपसाइड डाउन) गोल्डेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारो बाटो सहजै पार गर्न सक्षम बनाउनाले बाइकले अफरोड यात्राका लागि लोकप्रियता कमाएको कम्पनीको दाबी छ ।