मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २४ सोमबार
  • Thursday, 26 December, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ मङ्सिर २४ सोमबार o९:१८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेले पहिचान गर्‍यो उपनिर्वाचन हारका तीन कारण

अन्तर्घात भेटिए कारबाही

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २४ सोमबार o९:१८:oo

उपनिर्वाचनमा अपेक्षित परिणाम नआएको बताएको एमालेले पराजयका पछाडि मुख्य तीन कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रारम्भिक समीक्षाका लागि गत बिहीबार र शुक्रबार ३३ जिल्ला र सात प्रदेश नेतृत्वसँग एमाले केन्द्रीय कार्यालयले रिपोर्टिङ लिएको थियो ।

‘सम्बन्धित कमिटीहरूले आत्मगत मूल्यांकन गरेर हेलचेक्र्याइँ गर्नु, जनप्रतिनिधिले जनताका समस्या र गुनासालाई नजिक रहेर राम्ररी सम्बोधन गर्न नसक्नु तथा जनतासँग पार्टी कमिटीमा आबद्ध नेता–कार्यकर्ताको अन्तक्र्रिया र घुलमिलको कमी हुनु नै हारको मुख्य तीन कारण हो भन्ने निष्कर्ष रह्यो,’ निर्वाचन विभाग प्रमुख नीरज आचार्यले भने ।

केन्द्रीय निर्वाचन विभागको समन्वयमा केन्द्रीय कार्यालयका तर्फबाट महासचिव शंकर पोखरेलले जिल्ला अध्यक्ष र इन्चार्ज तथा प्रदेश अध्यक्ष र इन्चार्जबाट रिपोर्ट लिएर दुईदिने समीक्षात्मक भिडियो बैठक गरेका थिए । यसपटकको उपनिर्वाचनमा मुख्य तीन दल कांग्रेस, एमाले, माओवादीले मात्र नभएर जसपाले समेत पहिले जितेको बहुसंख्यक क्षेत्र गुमाएको अवस्था र प्रवृत्ति देखिएको भन्दै एमालेले यसमा केन्द्रित रहेर समीक्षा गरेको थियो । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले सम्बन्धित जिल्ला र प्रदेश नेतृत्वले महासचिव पोखरेललाई रिपोर्ङ गरेको जानकारी दिए ।

कांग्रेसले पहिले जितेका १९ वडामध्ये ११ वटा, एमालेले सातमध्ये ६ र माओवादीले आठमध्ये ६ र जसपाले पनि पहिले जितेको एउटा वडा गुमाउनुले जनताले असन्तुष्टि जनाएर एक पार्टीको विकल्प अर्को मूल धारको पार्टी रोजेको विषय समीक्षामा उठेको थियो ।

एमालेले पहिले जितेका झापा कन्काई– ६, सुनसरी गढी– ६, रौतहट ईशनाथ– ७, गोरखा– ५, दैलेख दुल्लु– १३, बझाङ सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ मध्ये ६ वटा गुमाएर दैलेख दुल्लु– १३ मा मात्र जित हासिल गरेको थियो । तर, उसले माओवादीले जितेको महोत्तरी रामगोपालपुर– ७, कांग्रेसले जितेको ताप्लेजुङ सिरिजंगा– ३, ओखलढुंगा मोलुङ– ५, कपिलवस्तु शुद्धोधन– १ सहितका चारवटा नयाँ वडामा भने जित हासिल गरेको थियो । अन्य दुई ठुला दलले पनि त्यसैगरी पुरानो गुमाएर नयाँ क्षेत्र जितेको विषय पनि बैठकमा रिपोर्टिङ भएको थियो । एमालेले उपचुनावमा बोनसस्वरूप कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिकामा अध्यक्ष जंगबहादुर शाही, स्वामी कार्तिकखापर गाउँपालिकामा उपाध्यक्ष सुलोचना भण्डारी र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली शेर्पा विजयी बनेकी थिइन् ।

स्थानीय उपचुनावलाई मिनी जनमत परीक्षणको माध्यम बनाउन एमालेले काठमाडौंको कीर्तिपुर र वडा नं १६ सहित चुनाव भएका ४२ स्थानमध्ये ५० प्रतिशत स्थानमा जितको लक्ष्य राखेको थियो । चुनावलाई समेत मध्यनजर गरेर एमालेले ७ मंसिरमा काठमाडौंको दरबारमार्गमा जागरणसभा पनि आयोजना गरेको थियो ।

महासचिव शंकर पोखरेलले बैठकमा स्थानीय चुनाव भएका पालिका र वडाका कमिटीमा मसिनो समीक्षा गरी नेता–कार्यकर्ताबाट असहयोग भएको तथ्य प्रमाण फेला परेमा कारबाही गर्न निर्देशन दिएका छन् । त्यस्तै, विशेषतः हारेका क्षेत्रमा जनताको काममा केन्द्रित हुन र स्थानीय तहमा अन्तर्विरोध भेटिए तलै समाधान गर्दै जिम्मेवारीविहीन असन्तुष्टलाई तत्काल जिम्मेवारी दिएर पार्टी काममा खटाउन पनि निर्देशन दिएका छन् ।