मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १८ मंगलबार २२:३८:oo
Read Time : < 1 मिनेट
विश्व

दक्षिण कोरियामा सैनिक शासनको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार २२:३८:oo

दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलले देशमा सैन्य शासनको घोषणा गरेका छन् । मंगलबार राती टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले  देशविरुद्ध खतरा बढेको भन्दै ‘मार्शल ल’ लागू गर्ने घोषणा गरेका छन् । 


ससदमा अल्पमतमा परेपछि विपक्षी पार्टीको तिव्र दबाबमा रहेका राष्ट्रपति यूनको यो घोषणालाई धेरै अप्रत्याशित भनेका छन् । सन् १९८७ मा संसदीय प्रजातन्त्रको घोषणा भएयता दक्षिण कोरियामा कहिल्यै मार्शल ल लागू गरिएको थिएन । सन् १९७९ मा ‘कु’ मार्फत राष्ट्रपतिको हत्या भएको बेला सैनिक शासन लागू गरिएको थियो ।


गत अप्रिलमा दक्षिण कोरियामा भएको निर्वाचनमा विपक्षी दलहरूले संसदमा बहुमत ल्याएपछि राष्ट्रपति यून निकै कमजोर बनिरहेका छन् । संसदबाट कानून बनाउन सकेका छैनन् । साथै, उनको सरकारमाथि भ्रष्टाचारको पनि आरोप लागिरहेको छ । दबाब बढ्दै गएका बेला उनले आकस्मिक अवस्थामा प्रयोग गरिने मार्शल ल लागू गरेका हुन् । राज्यविरोध शक्तिबाट देशलाई खतरा बढेको कारण देखाएर उनले यस्तो निर्णय गरेका हुन् । उनको सो कदमविरुद्ध विपक्षी दलहरुले मंगलबार बेलुका नै विरोध प्रदर्शन गरेका छन् । 

सैन्य कानून लगाउने राष्ट्रपतिको निर्णय संसदबाट भने अस्वीकृत भएको छ । तीन सय मध्ये एक सय ९० सांसदले त्यसको विपक्षमा मतदान गरेका छन् ।