मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १८ मंगलबार २१:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेको चितवनमा बयान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार २१:२९:oo


सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मंगलबारदेखि चितवनमा बयान सुरु भएको छ। चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामा पैसा लगिएको विषयमा केन्द्रित भई जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान भएको हो। उनको बयान नसकिएको प्रहरीले जनाएको छ। 

लामिछानेलाई चितवन लैजाँदा समर्थकहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । लामिछानेलाई मंगलबार बिहान काठमाडौंबाट चितवन लगिएको हो। काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको ठगीसम्बन्धी मुद्दामा तीन दिनसम्म उनको बयान लिइएको थियो। 

२ कात्तिकमा पक्राउ परेका लामिछानेको कास्की र रुपन्देहीमा यसअघि बयान भइसकेको छ। गीतेन्द्रबाबु राईको समूहले सञ्चालन गरेका पाँचवटा सहकारीबाट करोडौं रकम गोर्खा मिडियामा लगिएको थियो ।

लामिछाने सो मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा रकम खर्च गर्दा संलग्न रहेको र त्यसमा उनी पनि उत्तरदायी हुनुपर्ने संसदीय विशेष समितिको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ। रास्वपाले भने सहकारीको रकम हिनामिनामा लामिछानेको कुनै भूमिका नहुँदा पनि राजनीतिक प्रतिशोधका आधारमा उनलाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना गर्दै आएको छ।