मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १८ मंगलबार
  • Wednesday, 04 December, 2024
२o८१ मङ्सिर १८ मंगलबार २o:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद

आइटिएफ जे–३० टेनिस : हाडाको विजयी सुरुवात  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १८ मंगलबार २o:१o:oo

नेपालका आरभ सम्राट हाडाले पोखरामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जे–३० अन्तर्गत सर्किट १ को प्रतिस्पर्धामा विजयी सुरुवात गरेका छन्। प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलमा हाडाले भारतका विवान बिदासरियालाई ६–१, ७–६ ले पराजित गरेका हुन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत देस्रो दिनको खेलमा नेपालका प्रनव मानन्धरले भारतका श्रीकर धोनीलाई ६–१, ७–५ ले, भारतका चन्न मल्लिकार्जुन यालेले नेपालका शाश्वत बज्राचार्यलाई ६–१, ६–२ ले, चीनका हैनुओ गुओले भारतका यश्विन दहियालाई २–६, ६–१, ६–१ ले, चीनका हान्बो जूले भारतका प्रवीर मुकेश छावडालाई ६–४, ६–३ ले पराजित गरेका थिए। यस्तै, गल्र्स सिंगल्सतर्फ भारतकी सगुन कुमारीले नेपालका प्रज्ञा मानन्धरलाई  ६–१, ६–२ ले, भारतकी रानिया ठाकुरले नेपालका आइसा डोलकर गुरुङलाई ६–१, २–६, ६–१ ले पराजित गरिन्। 

ब्वाइज डबल्स १६ तर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरसँग नेपालका आयुष्मान हजुर घले र सक्षमविक्रम शाह ६–४, ६–४ ले, चीनका केजुन डेंग र हान्बो जूसँग भारतका वीर मादम र व्योम शाह ६–३, ६–४ ले,  भारतका  श्रीकर धोनी र सोवर्य सामलाले नितिन भरत केएस (भारत) र दर्शील श्रेष्ठ (नेपाल)लाई ६–३, ६–४ ले, अमित मुन्ड (भारत) र प्रतीक नाविन (अस्ट्रेलिया) को जोडीले आदित्य मोर र प्रकाश शरण (भारत) लाई ४–६, ७–६(४), ११–९ ले पराजित गरे।

गल्र्स डबल्स १६ तर्फ सिवाली गुरुङ र सुनिरा थापा (नेपाल)ले मायरा टोपनो र ब्रन्दिका भगवत राजपूत (भारत)लाई ६–०, ६–१ ले, सौम्या चटर्जी र सगुन कुमारी (भारत)ले प्रज्ञा मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ (नेपाल)लाई ६–३, ६–० ले, स्वस्तिका विष्ट (नेपाल) र अपरा खन्दारे (भारत)ले रित अरोरा र आर्या बोरकर (भारत)लाई ६–२, २–६, १०–४ ले, नन्दिनी कंसल र रानिया ठाकुर (भारत)ले नोरा चौधरी (क्यानडा) र सारा चौधरी (भारत)लाई ७–५, ६–४ ले तथा दिशा बेहेरा र अर्जन खोराकीवाला (भारत) ले तियानरान डोङ र यौयू लिउ (चीन)लाई ६–१, ६–१ ले, आइसा डोल्कर गुरुङ र जेनी खड्का (नेपाल)ले मानसी सिंह र न्यान्सी सिंह (भारत)लाई ६–३, ५–७, १०–६ ले पराजित गरे। 

प्रतियोगितामा महिला पुरुष सिंगल्स तथा डबल्स गरी चार विधामा १३ देखि १८ वर्षका खेलाडीले वरीयताको आधारमा मेन ड्रमा छिर्न पाउने र बाँकीले क्वालिफाईबाट छानी सकेपछि सर्किट १ र २ मा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रचार प्रसार संयोजक प्रीति बरालले जानकारी दिइन्। सर्किट १ का खेलहरू सम्पन्न भएपछि २ का खेलहरू सुरु हुने उनले बताइन्।
उनका अनुसार मेन ड्रको खेल ३२ जनाबिच हुनेछ। विजेताले ३०, उपविजेताले १८, सेमिफाइनलिस्टले नौ, क्वाटर फाइलिस्टले पाँच र आर १६ ले दुई अंक प्राप्त गर्नेछ। यस्तै, डबल्समा विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिस्टले ६, क्वाटर फाइलिस्टले तीन अंक प्राप्त गर्नेछन्। 

प्रतियोगितामा नेपालसँगै जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी ७० पुरुष र ३५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक राजकुमार गुरुङले जानकारी दिए।