स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले सोमबार बेलुकासम्म सबै तहको नतिजा सार्वजनिक गरेको हो ।
उपनिर्वाचनको मिश्रित नतिजा आएको छ । माओवादी केन्द्रले केही सिट बढाएको छ । काठमाडौं– १६ बाहेक अन्यत्र राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाजनक प्रदर्शन गरेको छ ।
कहाँ को निर्वाचित?
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका कांग्रेसले आफ्नो जित जोगाउन सफल भएको छ। कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल पाँच हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो। त्यतिवेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएका थिए।
त्यति वेला नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य पाँच हजार ५०७ मतसहित दोस्रो स्थानमा रहेका थिए। माओवादीले भने त्यति वेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो। उनले त्यति वेला चार हजार ९० मत प्राप्त गरेका थिए।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुंगेलीमगर शेर्पा विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पालाई २०५ मतान्तरले पराजित गर्दै उमा विजयी भएकी हुन्। उनले दुई हजार ८०५ मत पाउँदा निमालेकीले दुई हजार ६०० मत प्राप्त गरिन्।
नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङले एक हजार ७२७ मत पाएकी छिन्।
गौरीशंकरमा उपाध्यक्ष पदका लागि आइतबार भएको मतदानमा सात हजार पाँच सय ९० अर्थात् ४८.२९ प्रतिशत मत खसेको थियो।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सविता बुढालाई उनले हराएकी हुन् ।
देवकीले एक हजार ६३६ मत ल्याउँदा सविताले एक हजार ५९३ मत पाइन् ।
उदयपुरको बेलका नगरपालिका– ९ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा (माओवादी) केन्द्रका उम्मेदवार भरत घिमिरे निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार मोहन खड्कालाई उनले ३४ मतले पराजित गरेका हुन् ।
माओवादी केन्द्रका घिमिरेले ५५९ मत प्राप्त गर्दा एमालेका खड्काले ५२५ मत पाए । नेपाली कांग्रेसका उम्मेदवार नवराज बस्नेतले ४०४, जनता समाजवादीका राजकुमार राईले २०७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत ल्याएका छन् । यसअघि यो वडाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले पाँच हजार ३३३ मत मात्रै पाए।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत ल्याए।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी इन्द्रा चन्द (सिंह) ले तीन हजार १४७ मत पाइन्।
रुकुम (पूर्व भाग) को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा तीन हजार ६२७ मत ल्याएर विजयी भइन्। उनकी प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार १२८ मत ल्याइन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन्। उनले एक हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत ल्याइन्।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका– ३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अम्बी साउदेनले २५१ मत प्राप्त गरिन्।
झापाको कन्काई नगरपालिका– ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए। उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए।
तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी भए। एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित भए।
सुनसरीको गढी गाउँपालिका– ६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरे।
ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए। उदयपुरको त्रियुगा नगरपालिका– १२ मा माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई विजयी भए । उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे।
सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए। कांग्रेसका भुलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन्। डाक्नेश्वरी– ४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए।
धनुषाधाम नगरपालिका– १ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे।
महोत्तरीको रामगोपालपुर नगरपालिका– २ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त ल्याइन्।
रौतहटको ईशनाथ नगरपालिका– ७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए। गढीमाई नगरपालिका– ८ एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेकी जिउतीदेवी यादवले ६३१ मत पाइन्।
रौटहटकै राजपुर नगरपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए।
नुवाकोटको ककनी गाउँपालिका– २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे।
काठमाडौं महानगरपालिका– १६ काे वडाध्यक्षमा रोजिना श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत प्राप्त गरी पराजित भए।
काठमाडौंका कीर्तिपुर नगरपालिका– १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए। वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत पाइन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए।
गोरखाको गोरखा नगरपालिका– ५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए।
गुल्मीको मुसीकोट नगरपालिका– १ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ एक हजार १८४ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर एक हजार १५० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए।
रोल्पाको रुन्टीगढी गाउँपालिका– ४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेक बेगम पुनले ५३५ मत पाए।
बर्दियाको ठाकुरबाबा नगरपालिका– ४ मा कांग्रेस उम्मेदवार अमिन थारू एक हजार ४३ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी शेरबहादुर थारूले ६७८ मत पाए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए।
कालीकोटको तिलागुफा नगरपालिका– ४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन्।
जाजरकोटको कुसे गाउँपालिका– ७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए।
दैलेखको दुल्लु नगरपालिका– १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए।
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका– ५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए।
बझाङको सुर्मा गाउँपालिका– ४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए।
डोटीको पूर्वीचौकी गाउँपालिका– ६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मत पाए।
दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत पाए।