मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १६ आइतबार
  • Tuesday, 17 December, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर १६ आइतबार १६:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेत्रहीन विश्वकप क्रिकेट : सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १६ आइतबार १६:३४:oo

नेत्रहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ।

पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। यस हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ।

नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍याे। ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो।

लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो। त्यसैगरी नेपाल श्रीलंकासँग ७० र बंगलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई १०८ र दक्षिण अफ्रिकाकालाई ११ रनले हराएको थियो।

आजको जितमा पाकिस्तानका लागि कम्रन अख्तरले सर्वाधिक ६३ रनको योगदान दिए। उनले २१ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन्। यसैगरी, बाबर अली ३२ रनमा अविजित रहे।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० र रमेश बानियाँले अविजित १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पाकिस्तानका लागि माती उल्लाहले तीन र बाबर मुनरीले एक विकेट लिए।