मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १३ बिहीबार
  • Thursday, 28 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १३ बिहीबार १९:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भैँसेपाटी हनी ट्रयापिङ प्रकरण : गिरोहका नाइके जेल चलान, तीनजनालाई रिहा गर्न आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १३ बिहीबार १९:२१:oo

प्रहरीसमेतको मिलेमतोमा व्यापारीलाई हनी ट्रयापिङमा फसाइएको अपराधमा पक्राउ परेका एकजना जेल चलान भएका छन् भने अन्य तीनजनालाई रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत, ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले  घटनाका योजनाकार ताज इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। उनीसँगै पक्राउ परेका सुष्मा विकसँग दुई लाख र भीमादेवी थापासँग एक लाख धरौटी माग भएको थियो। सहायक हवल्दार महेन्द्र हमाललाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ।

गत ७ असोजमा मोरङका एक व्यापारीलाई ललितपुरको भैँसेपाटी प्रभागमा थुनामा राखी बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिएको थियो। प्रभागकी तत्कालीन प्रमुख रहेकी इन्स्पेक्टर बिनु शाहीको निर्देशनमा सो घटना भएको थियो। निलम्बनमा रहेकी इन्स्पेक्टर शाही फरार छिन्। गिरोहका सदस्य दर्शन पोखरेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र आपराधिक लाभ मुद्दा दायर गरेको हो।