नेपाल प्रिमियर लिग (एनपिएल) अघि भएको अभ्यास खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई ३६ रनले पराजित भएको छ।
मूलपानीस्थित माथिल्लो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा विराटनगरले ८ विकेट गुमाएर १२४ रन बनायो।
पहिलो ब्याटिङ गरेको पोखराका मार्की खेलाडी कुशल भुर्तेलले ३५ बलमा सर्वाधिक ५५ रन बनाए। दिनेश खरेलले १६ रन, बास डी लिड्सले १९ रन, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।
विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले समान दुई विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिस जिसी र राजेश पुलामीले समान एक विकेट हात पारेका थिए।
विदेशी खेलाडीविना मैदानमा ब्याटिङ गरेको विराटनगरको लागि फिर्दोस अन्सारी २१ रनमा अविजित रहे। दीपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाएका हुन्।
पोखराका लागि सागर ढकाल र तीर्थराज दासले समान २ विकेट लिएका थिए। शनिबार हुने एनपिएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ।