मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

चीनसँग सम्झौताका विषय दुई दलको सहमतिमा तय हुन्छन् : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ६ बिहीबार १२:३९:oo

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा हुने सहमति, सम्झौताका विषय सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहमतिका आधारमा तय हुने बताएका छन्।

धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बिआरआई कार्यान्वयन सम्झौताबारे सोधिएको प्रश्नमा उनले दुई पार्टीबिच सहमति भएबाहेकका विषयमा भ्रमणका क्रममा सम्झौता नहुने दाबी गरे।

‘बिआरआईमा अनुदान लिन्छौँ, तर ऋण लिँदैनौँ भनेर कांग्रेसले धारणा बनाएको छ। एमालेको पनि ऋणै लिनुपर्छ भन्ने धारण होइन,’ गृहमन्त्री लेखकले भने, ‘हाम्रोबिचमा छलफल भइरहेको छ। हामी जे गर्छौँ, सहमतिमा गर्छौँ। कांग्रेस र एमालेको सहमतिमा हुन्छ, सहमति नभएको भए हुँदैन।’ मुलुकमा ऋणको बोझ बढ्दै गएकाले अरू कुनै मुलुकसँग ऋण लिन नहुने धारणा कांग्रेसको रहेको उनले प्रस्ट्याए।

उनले प्रधानमन्त्री पहिले कुन देशको भ्रमणमा जाने भन्ने विषय धेरै चिन्ताका साथ हेर्न आवश्यक नरहेको बताए। ‘पहिले कता जाने भन्ने कुरामा धेरै चिन्ताका साथ हेर्नुपर्ने विषय छैन, किनभने उहाँ दुवै मुलुकको भ्रमणमा जानुहुन्छ,’ गृहमन्त्री लेखकले भने, ‘अहिले चीन भ्रमण तय भएको छ चीन जानुहुन्छ। चीनबाट फर्केर मित्रराष्ट्र भारतको भ्रमणमा जानु हुन्छ। यसमा समस्या छैन।’

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर हुन लागेको विषय हल्ला मात्र भएको लेखकले दाबी गरे। ‘न मन्त्रिपरिषद् हेरफेर हुन्छ, न सरकार फेरिने कुरा छ,’ उनले भने। गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले दाबी गरे।