कृषि विकास बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका वडा नं ६ गीतानगर बजारमा सञ्चालनमा आएको छ । बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले रिबन काटेर गीतानगर शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले ‘साझा समृद्धिका लागि सबैको रोजाइ बैंक’ भन्ने दूरदृष्टिका साथ बैंकको २७१औँ र चितवन जिल्लाको १०औँ शाखाका रूपमा गीतानगर शाखाको उद्घाटन गरेको बताए । सिइओ गुरुङले सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको बैंकको सेवा लिन अनुरोध गरे ।
उद्घाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेकबुक, क्युआर कोड प्रदान गरिएको थियो ।