मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३ सोमबार o९:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

४० हजारले अवलोकन गरे फिन इलेक्ट्रो टेक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o९:५३:oo

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक–२०२४’ प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपमा कात्तिक २९ गतेबाट सञ्चालित फिन इलेक्ट्रो टेक आइतबार सम्पन्न भएको हो ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औँ संस्करणको फिन इलेक्ट्रो टेकमा अवलोकनकर्ताको उल्लेखनीय उपस्थित थियो । महासंघले आयोजना गरेको यो प्रदर्शनीको पहिलो दिन सात हजार, दोस्रो दिन नौ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन सात हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीको प्रयोगमा आएको महŒवपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारिताबारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ । मेलामा इलेक्ट्रिक मोटर, जेनेरेटर, विद्युत् ट्रान्समिसन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षण थिए ।

स्मार्ट ग्रिडहरूमा डिजिटल टेक्नोलोजी र इलेक्ट्रोनिक सामग्रीको प्रयोग गरिन्छ । जसले ऊर्जा वितरण र प्रयोगको निगरानी र नियन्त्रण गर्ने आयोजकले जनाएको छ ।