चौधरी ग्रुपले गत आर्थिक वर्ष ०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ । जुन सरकारको कुल राजस्वमा १.९६ प्रतिशत योगदान हुन आउँछ ।
आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा पनि आफूहरूको योगदान अघिल्लो आव ०७९÷८० को तुलनामा १५ प्रतिशतले वृद्धि भएको ग्रुपले जनाएको छ । आव ०७९/८० मा ग्रुपले १६ अर्ब १४ करोड रुपैयाँ कर बुझाएको थियो ।
‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणबिच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउन सकेकोमा हामीलाई खुसी लागेको छ, यसले विकास निर्माण र आमनागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्ने विश्वास छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।’
चौधरी ग्रुपले पछिल्लो पाँच वर्षमा सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आव ०७६÷७७ मा नौ अर्ब ८७ करोड, ०७७/७८ मा १४ अर्ब २८ करोड, ०७८/७९ मा १७ अर्ब ७२ करोड, ०७९/८० मा १६ अर्ब १४ करोड र ०८०.८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेको ग्रुपले जनाएको छ ।