मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३ सोमबार
  • Monday, 18 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर ३ सोमबार o९:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंक एनपिएलको मुख्य प्रायोजक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३ सोमबार o९:३८:oo

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल २०२४) को मुख्य प्रायोजक बनेको छ । क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गर्न लागेको एनपिएलमा बैंक २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ।

क्यानले ३० कात्तिकमा एनपिएलको मुख्य प्रायोजक सार्वजनिक गरिसकेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी १५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय मैदानमा हुँदै छ।

नेपालको क्रिकेट जगत्लाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिगसँग जोडिएको बैंकका अध्यक्ष मनोजकुमार केडियाले बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दप्रसाद कँडेलले यो समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पु¥याई देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउन मद्दत पुग्ने धारणा व्यक्त गरे।

पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेरसमूहका मानिसहरूमा लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाका रूपमा हेर्ने गरिएकाले पनि बैंक नेपाल प्रिमियर लिगको पाँच वर्षका लागि मुख्य प्रायोजकका रूपमा जोडिएको बैंकले जनाएको छ ।