मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ मङ्सिर २ आइतबार
  • Tuesday, 05 August, 2025
२o८१ मङ्सिर २ आइतबार o६:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाउलसँग टाइसन पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २ आइतबार o६:५२:oo

१९ वर्षपछि रिङ प्रवेश गरेका विश्वप्रसिद्ध बक्सर माइक टाइसन शनिबार २७ वर्षीय प्रतिद्वन्द्वी जाके पाउलसँग पराजित भएका छन् । शनिबार अमेरिकाको डालालस्थित टिएन्डटी रंगशालामा ६० हजार बढी दर्शकले खेल खेलेका थिए ।

पूर्वविश्व हेभी वेट च्याम्पियन टाइसनलाई पाउनलले ७८–७४ ले हराएका थिए । सन् २००५ पछि पहिलोपटक व्यावसायिक खेल खेलेका टाइसन दुई बाउटमा भने अगाडि रहे ।

तर, पछिल्लो चार राउन्डमा भने पछि परेका हुन् । यो खेलको प्रत्यक्ष प्रसारण नेटफ्लिक्समा भएको थियो । धेरै युजर भएपछि नेटफ्लिक्स ६ घण्टा ठप्प भएको थियो । खेल २७ करोड युजरले हेरेको दाबी छ । यसअघि खेलको अघिल्लो दिन टाइसनले पाउलको गालामा हानेपछि खेल हेर्न झनै दर्शक बढेका थिए । त्यसैले खेल पनि निकै रोमाञ्चक रह्यो । 

९० को दशकमा चर्चित 
सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय बक्सिङमा टाइसनको एकछत्र राज रहेको थियो । विश्व बक्सिङमा टाइसनलाई निर्दयी मुक्केबाज भनिने पनि गरिन्छ । उनले व्यावसायिक खेलमा एक विपक्षीका कान टोकेका थिए । सन् १९९७ मा टाइनसले विश्व च्याम्पियन इभान्डर होलिफिल्डविरुद्ध खेलेका थिए ।

टाइसनले होलिफिल्डको कान टोकेपछि रेफ्रीले उनलाई अयोग्य घोषणा गरेका थिए । तर, आयोजकले यसै खेलबाट करोडौँ डलर कमाएका थिए । बक्सिङ इतिहासमा यो खेल अहिलेसम्मकै विवादास्पद खेल मानिएको छ । उनलाई अस्थिर खेलाडीको रूपमा पनि चित्रण गरिएको थियो । उनी कुनै समय बलात्कारको घटनापछि तीन वर्ष जेलसमेत बस्नुपरेको थियो ।