
एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई एक हजार लिटरको सोलार तथा बत्तीहरू हस्तान्तरण गरेको छ । सोलार सामग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गरेका थिए ।
कार्यक्रममा बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, संस्थापक सेयरधनीहरू राजेन्द्रकुमार बाटाजु, प्राडा हरि पाठक, शालिकराम घिमिरे, विमलबहादुर कुँवर, ओमकुमार मुल्मीका साथै आश्रमका संस्थापक रामजी अधिकारीलगायतको उपस्थिति थियो ।
बैंकका तर्फबाट संस्थापक सेयरधनी, सिइओ, डिसिइओलगायतले उक्त सामग्री हस्तान्तराण् गरेका थिए । बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै साउन महिनालाई ग्रिन मन्थका रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । देशभर फैलिएका दुई सय दुई शाखा, एक सय ८७ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकले वित्तीय सेवा दिँदै आएको छ ।