Skip This
ताप्लेजुङमा चासोक तङ्नामको रौनक (फोटो फिचर )
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार १६:२४:oo
Read Time : < 1 मिनेट
फिचर

ताप्लेजुङमा चासोक तङ्नामको रौनक (फोटो फिचर )

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार १६:२४:oo

अन्नबाली भित्र्याएसँगै ताप्लेजुङका किसानले ‘चासोक तङ्नाम’ (देवतालाई न्वागी चढाउने पूजा) पर्व भव्य रूपमा मनाइएका छन्।

विशेष गरी किराँत समुदायले नयाँ अन्नबाली भित्र्याएपछि अन्नको विभिन्न परिकार बनाएर पहिले आफ्ना कुलदेवतालाई चढाउने परम्परा छ। किराँत समुदायले अन्नबाली मंसिर पूर्णिमाअगाडि नै भित्र्याइसकेको हुन्छ।

कुलदेवतालाई न्वागी चढाउन सप्रेका अन्न (ठुला–ठुला कोदोका बाला) टिपेर चोखोनिताे गरेर मंसिरको पहिलो साता जाँड बनाउँछन्। उनीहरूले बिजुवा (पुजारी) घर बोलाएर कुल देवतालाई चढाउने चलन छ। जाँड बनाएर देवतालाई न्वागी चढाउनुलाई लिम्बू समुदायमा थिसोक भनिन्छ। प्रत्येक घरमा पहिला पाकेको अन्न कुलदेवतालाई चढाएर मात्र उपभोग गर्दै आएको स्थानीयवासी बताउँछन् ।

के हो चासोक तङ्नाम ? 
लिम्बू समुदायले चासोक तङ्नामलाई विशेष चाडको रूपमा मान्दै आएका छन् । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्र्याउने बेला गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको-फलाइएको नयाँ अन्नबाली चढाउने पूजा हो। तङ्नामको अर्थ एक महान पर्व हो।

लिम्बू भाषामा माङ (देवता) हरूलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा छ। आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाए बौलाउने, रगत बान्ता गर्ने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने)जस्ता रोगव्याधीले दुःख पाइने विश्वास रहिआएको विश्वास छ।