Skip This
कात्तिक महिनामा ६१ हजारभन्दा बढी पुगे पाथीभरा मन्दिर
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार १५:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कात्तिक महिनामा ६१ हजारभन्दा बढी पुगे पाथीभरा मन्दिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार १५:५३:oo

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा कात्तिक महिनामा मात्रै ६१ हजार १७३ जना पुगेका छन्। तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि कात्तिक महिनामा स्वदेश तथा भारतका गरी उक्त संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले बताए। 

उनका अनुसार असोज महिनामा भएको वर्षा र बाढीपहिरोका कारण तीर्थयात्री प्रभावित भएका थिए। तर, कात्तिकमा पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडकयात्रा सहज भएकाले उल्लेख्य मात्रामा तीर्थयात्री पुगेका हुन्। निर्देशक हाङबाङले भारतको सिक्किम, दार्जिलिङ, मेघालय तथा आसामका साथै दिल्लीबाटसमेत तीर्थयात्रीहरू आएका थिए।

तीर्थयात्री बढेसँगै फोहोर व्यवस्थापनका लागि शनिबार बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको निर्देशक हाङबाङले बताए। समितिका अध्यक्ष रक्की थेबेले काफ्लेपाटीदेखि मन्दिरसम्मको पाँच किलोमिटर क्षेत्र सरसफाइ गरिएको बताए। समितिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागितामा १३५ जनाले शनिबार बिहानैदेखि सरसफाइ गरेको अध्यक्ष थेबेले बताए।