Skip This
सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनचाँदीका गहना चोरी आरोपमा दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १७:५२:oo

मकवानपुरको हेटौँडाबाट प्रहरीले सुनको गरगहना चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १५ घर भई हेटौँडा– ४ भैरवरोडमा डेरा गरी बस्ने २४ वर्षका मनोज पुलामी मगर र हेटौँडा– ७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका सञ्चालक २५ वर्षका धीरज विश्वकर्मा रहेका छन्।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पुलामीले हेटौँडा– ८ कमानेका सन्तोष अधिकारीको घरबाट ७ कात्तिकमा सुनका गरगहना र मोबाइल चोरी गरेका थिए।

सुन चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा पक्राउ परेका पुलामीले चोरीका गहना विश्वकर्मालाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। पुलामीले अधिकारीको घरबाट ३.५ तोला सुन र ५ तोला चाँदीका गरगहना चोरी गरेका थिए।

पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।