Skip This
हेटौँडा– १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार १६:१६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा– १२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १६:१६:oo

आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि हेटौँडा उपमहानगरपालिकाको १२ नम्बर वडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। उक्त वडामा रिक्त रहेको वडाध्यक्ष पदको निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले वडा कार्यालय भवनमा बोर्ड राख्दै कार्यालय स्थापना भएको घोषणा गरिन्। उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो।

गत स्थानीय तह निर्वाचनमा यस वडाबाट नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै अध्यक्ष पद रिक्त रहेको थियो।

आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार यस वडामा चार हजार ४२८ पुरुष र तीन हजार ६२५ महिला गरी कुल आठ हजार ५३ मतदाता छन्। उपचुनावका लागि वडामा दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ रहनेछन् भने विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा रहने बागगमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।