१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
रासस नुवाकोट
२o८१ कार्तिक २९ बिहीबार १२:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल 

Read Time : < 1 मिनेट
रासस, नुवाकोट
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार १२:१२:oo

२०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारीसाधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ।

११ मिटर चौडा भएको दुई लेनको पुल निर्माणको लागि सरकारको रु आठ करोड लगानी भएको छ। ‘डिजाइन एण्ड बिल्ड मोडल’अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन्।

यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो। यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ।