१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २८ बुधबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपामा उपचुनावको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्रीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १४:o७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीमा मंसिर १६ गते हुने उपनिर्वाचनको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले पाएका छन्।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै पार्टी सभापति रवि लामिछानेलाई दिइएको अधिकार कार्यवाहक महामन्त्रीलाई दिइएको झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

‘यसै निर्णयबमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।