१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
गणेश लम्साल विराटनगर
२o८१ कार्तिक २८ बुधबार १३:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोशीमा पनि एमाले–कांग्रेसको दुईदलीय संयन्त्र गठन, एक हप्ताभित्र सबै जिल्लामा बनाइसक्ने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १३:५६:oo

कोशी प्रदेशमा पनि सरकार सञ्चालन र आइपर्ने समस्या समाधानका लागि भन्दै सत्ताधारी दल एमाले र कांग्रेसले दुईदलीय संयन्त्र निर्माण गरेका छन्। २७ कात्तिक साँझ बसेको संयुक्त बैठकले सत्ता सञ्चालन तथा आइपर्ने समस्याहरू समाधान गर्न एमाले र कांग्रेसले दुईदलीय संयन्त्र गठन गरेका हुन्।

संयन्त्रको पहिलो बैठक एमाले कोशी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राई र कांग्रेस कोशी प्रदेशका सभापति एवं संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको उपस्थितिमा बसेको थियो।

संयन्त्रको बैठकको नेतृत्व दुई दलले पालैपालो गर्ने, परिपत्रअनुसार संयन्त्रलाई प्रभावकारी बनाउने र परिचालन गर्ने, एक हप्ताभित्र प्रदेशका सबै जिल्लामा दुईदलीय संयन्त्र निर्माण गरिसक्ने र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन संयन्त्रलाई परिचालन गर्ने निर्णयसमेत भएको छ।

साथै कोशी प्रदेश सरकार र सांसदहरूको काम प्रभावकारी बनाउन १४ मंसिरमा विराटनगरमा बृहत् छलफल गर्ने, २९ मंसिरमा जिल्लाका संयन्त्रहरूको भेला गराउनेलगायत निर्णय भएका छन्।

खासगरी कोशीमा सांसद र मन्त्रीहरू विभिन्न गैरकानुनी गतिविधिमा जोडिएर विवादित हुँदै आएका छन्। जसले सरकारलाई पनि अप्ठ्यारो पारेको छ। अर्कोतिर विपक्षीहरूले चर्को आलोचना मात्र गरिरहेका छैनन्, आन्दोलन चर्काउने तयारी पनि गरिरहेका छन्। पहिचानवादीले पुनः निर्णायक आन्दालन चर्काउने तयारी गरिरहेका छन्। सरकार एक्लैले समस्या धान्न नसक्ने भन्दै एमाले–कांग्रेसले दुईदलीय राजनीतिक संयन्त्र गठन गरेका हुन्।