१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २८ बुधबार १२:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १२:३१:oo

प्रधानमन्त्री केपी ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवर्निमित शैक्षिक भवनको उद्घाटन गरेका छन्।

प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह र सिनेट बैठकलगायतका कार्यक्रममा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नयाँ शैक्षिक भवनको औपचारिक उद्घाटन गरेका हुन्।

भवन उद्घाटन लगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ। सिनेट बैठकपछि दीक्षान्त समारोह सुरु हुने छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ। २०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हालसम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो। तर, झन्डै १३ वर्षपछि भने प्रतिष्ठानले आफ्नै शैक्षिक भवन पाएको हो।

प्रतिष्ठानमा एक दर्जनभन्दा बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन छन्। त्यसका लागि एक सय प्रोफेसर छन्। तर, प्रतिष्ठानको आफ्नै आवास र शैक्षिक भवन नहुँदा घर भाडामा लिनुपर्ने बाध्यता थियो। आफ्नो शैक्षिक भवन र स्टाफ क्वार्टर नहुँदा प्रतिष्ठान भाडामा मात्रै बर्सेनि करोडौँ खर्चिन बाध्य थियाे।

जुम्लामा आउने प्राध्यापकहरूलाई टिकाइराख्न, प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरूलाई दिगो बनाउन प्रतिष्ठानले आफ्नै शैक्षिक, प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो।