जापानी कलाकार युमी सानोको स्मृतिमा काठमाडौंस्थित नेपाल कला परिषदमा कला प्रदर्शनी आयोजना गरिएको छ। आज शनिबारदेखि सुरु प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।
सन् १९७५ मा जापानमा जन्मेकी युमी वेलफेयर कार्यक्रममार्फत कला शिक्षकको रूपमा नेपाल आएकी थिइन्। सन् १९९९ मा चितवनमा यात्रा गर्ने क्रममा दुर्घटनामा उनको मृत्यु भएको थियो।
तीन वर्ष नेपालमा रहँदा पाटनलगायत नेपाली संस्कृतिले युमीको कलामा प्रभाव पारेको थियो।
हेर्नुस् तस्बिरहरू :