मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Monday, 09 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २० मंगलबार o८:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिँचाइका लागि एडिबीको साढे आठ करोड डलर ऋण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o८:३१:oo

एसियाली विकास बैंक (एडिबी)ले नेपालको सिँचाइ सञ्जालको आधुनिकीकरण गर्ने तथा कृषि उत्पादन बढाउने उद्देश्यले आठ करोड ५० लाख डलर ऋण दिने भएकोे छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६ प्रतिशत छ । यद्यपि, भरपर्दाे सिँचाइ अभावका कारण वार्षिक वृद्धिदर २.७ प्रतिशतमा सीमित बन्न पुगेको एडिबीले जनाएको छ । बाढी, खडेरी र गर्मी छालजस्ता जलवायुसम्बन्धी जोखिमहरूले खाद्य असुरक्षालाई तीव्र बनाएको एडिबीको भनाइ छ । 

सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाले नेपालका पाँच प्रदेशका करिब ५६ हजार फार्म परिवारका लागि थप प्रभावकारी र जलवायुअनुकूल कृषि र सिँचाइ प्रणालीको विकास गर्ने एडिबीको विश्वास छ । ‘यो परियोजनाले नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न, किसानको आयमा सुधार गर्न र खाद्य सुरक्षामा सुधार गर्न मद्दत गर्नेछ,’ एडिबीका वरिष्ठ सेफगार्ड अफिसर (वातावरण) दीपकबहादुर सिंहले भने, ‘एडिबीले पूर्वाधार विकासका साथै उपकरण र मेसिनरी उपलब्ध गराउनेछ । नयाँ र जलवायु–स्मार्ट कृषि अभ्यासको परिचय र नेपालको विकासमा यस क्षेत्रको योगदानलाई बढावा दिन कृषक र संस्थाहरूको क्षमतालाई बलियो बनाउनेछ ।’

परियोजनाले राजापुर सिँचाइ आयोजनाअन्तर्गत एक सय किसानले व्यवस्थित सिँचाइ प्रणालीमा समेट्ने र ३१ हजार हेक्टरभन्दा बढी कृषि कमान्ड क्षेत्रको स्तरोन्नति गर्ने एडिबीले जनाएको छ । यसले गेटेड रेगुलेटर, बाढी सुरक्षाका लागि नदीको तटबन्ध, नहरमुनि स्लुइस र सूक्ष्म सिँचाइ प्रणालीसहितको पहाडमा लिफ्ट सिँचाइ प्रणाली निर्माण गरेर खेतीमा सिँचाइ व्यवस्थापनमा सुधार गर्ने उल्लेख छ । परियोजनाको कुल लागत १३ करोड ३६ लाख ४० हजार अमेरिकी डलर छ । यसमा सरकारबाट एक करोड ६१ लाख ४० हजार र किसान पक्षका लाभार्थीबाट २५ लाख डलर समावेश छ ।