मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २० मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

‘द स्पिरिट अफ छठ फेस्टिभल’ का लेखक जीवेश झालाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o७:५३:oo

छठ पर्वको महत्वकस्तो छ ?
छठ मिथिला संस्कृतिको बृहत्तर र उदात्त रूप हो । यो पर्व वर्षमा दुईपटक मनाइन्छ, कात्तिक र चैतमा । यस पर्वमा सूर्यका दुई पत्नीमध्ये प्रत्यूषा अर्थात् साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गरेर व्रत प्रारम्भ गरिन्छ र अर्की पत्नी उषा अर्थात् बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा गरेर व्रत समापन गरिन्छ । यसलाई अँध्यारोबाट उज्यालो या अज्ञानबाट ज्ञानमा पुग्ने पर्वका रूपमा समेत लिइन्छ । यस पर्वमा व्रत बसेर पूजा, आराधना गर्दा तथा जलाशयमा स्नान गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने, परिवारका सम्पूर्ण सदस्यलाई सुस्वास्थ्य तथा दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । 

यस पर्वमा कस्ता सामग्री प्रयोग गरिन्छन् ?
छठ पर्वमा आफ्नै करेसाबारी या खेतबारीमा उब्जाइएका सामग्री मात्र प्रयोग गरिन्छन् । चामलको पिठोको भुसुवा, गहुँको पिठोको ठेकुवा, पिर्किया आदि परिकार तयार गरिन्छन् । यसका लागि नयाँ माटोको चुलो तयार गरिन्छ । सहरबजारमा ग्यास प्रयोग गरिए पनि नयाँ चुलो प्रयोग गरिन्छ र त्यसलाई हरेक वर्ष छठमा मात्र प्रयोग गर्ने चलन छ । यसमा धान, चामल, भन्टा, बेसार, अदुवा, गाँजरलगायत विभिन्न कृषि उपज प्रयोग गरिन्छ । यी सबै सामग्री बाँसबाट तयार गरिएको नयाँ टोकरीमा राखिन्छ । वंशवृद्धिको प्रतीकका रूपमा माटाका हात्तीको मूर्ति प्रयोग गरिन्छ र त्यसलाई भोलिपल्ट जलाशयमा बगाइन्छ । 

छठ पर्वको सामाजिक महत्वकस्तो छ ?
छठ सामाजिक सद्भावको पर्व हो । यस पर्वमा लैंगिक, आर्थिक तथा जातीयलगायत कुनै पनि भेदभाव छैन । धार्मिक रूपमा पनि हिन्दुसँगै मुस्लिम समुदायको पनि सहभागिता बढ्दै गएको छ । मधेसी र पहाडी समुदायबिच सामाजिक सद्भाव बढाउने पुल पनि छठ पर्व बन्दै गएको छ ।