सरकारले भूमि समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरी अध्यक्षमा हरिप्रसाद रिजाललाई नियुक्त गरेको छ। प्युठान घर भएका रिजाल एमाले नेता हुन्।
त्यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत गरेको छ। जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २५ कात्तिकमा राष्ट्रपति नेतृत्वको टोली अजरबैजान जान लागेको हो।