मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २६ शनिबार १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलद्वारा विजयादशमीको टीका ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २६ शनिबार १२:४५:oo

राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीया दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । 
सोही अवसरमा राष्ट्रपति पौडेलले गुरुपुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शनिबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभसाइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन्। 

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका–जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्व र ३ः३० देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ । 
राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ देखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनेछन् ।

साथै, सोही समयमा निजामती, जंगी, प्रहरीतर्फका  अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । 
यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइदिने कार्यक्रम छ ।