मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २४ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँभर नेपाल प्रहरीले काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १९:५२:oo

नेपाल प्रहरीले दसैँभरका लागि काठमाडौं उपत्यकामा दुईवटा बस निःशुल्क चलाउने भएको छ। दसैँमा सार्वजनिक यातायातका साधनहरू कम चल्ने हुँदा सर्वसाधारणलाई सहजताका लागि प्रहरीले निःशुल्क बस चलाउने भएको हो।

 एउटा बस रिङरोडभित्र र अर्को बस रिङरोडबाहिरका यात्रुलाई मध्यनजर गरेर सञ्चालन गरिने प्रहरीको भनाइ छ। काठमाडौं उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ।

दुई नम्बर रुटको बस नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ।

बसको रुट: