मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १७ बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनता मर्दा विदेश सयर गर्ने र बालुवाटारको खोपीमा रमाउने प्रधानमन्त्री चाहिएन, सरकारलाई बहिष्कार गरौँ: प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १७:३१:oo

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरूलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन्। 

बाढीपहिरोको विपत्तिले सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको र अझै दर्जनौँ बेपत्ता रहेको अवस्थामा सरकार लुकेर बसेको भन्दै साहले सार्वजनिक रूपमै प्रधानमन्त्री ओली र मन्त्रीहरूलाई बहिष्कार गर्न भनेका छन्। 

चाडपर्वको मुखमा प्राकृतिक विपत्तिमा परेर नागरिकको निधन हुँदा पनि प्रधानमन्त्री ओली भने बालुवाटारको खोपीमा मस्त बनेको साहको आरोप छ। बिहीबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभास भएको बताए। उनले देशमा नागरिक मर्दा विदेश सयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको जिकिर गरे। 

उनले भने, ‘देशमा अहिले सरकार छैन। नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ। सयौँको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ। पीडितहरूले सरकार-सरकार भनेर गुहारेको अवस्था छ। तर, प्रधानमन्त्री या कोही पनि मन्त्रीहरू मैले प्रभावित क्षेत्र र पीडितहरूको घरमा पुगेको देखिनँ। यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहनेछ। उहाँ एकदमै निर्दयी देखिनुभयो।’ 

देशमा यत्रो प्राकृतिक विपत्ति आउँदा र नागरिकले ज्यान गुमाइरहँदा प्रधानमन्त्री ओली अमेरिकामा अनावश्यक रूपमा बसेर दिन काटेको भन्दै साहले आलोचना गरे। 

घटना घटेको यत्तिका दिन बितिसक्दा पनि सरकारका प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्री, रक्षामन्त्रीहरू घटनास्थलमा नपुग्नु दुःखद विषय भएको उनको टिप्पणी छ। 

उनले भने, ‘पीडितहरूलाई बरु सहयोग गर्न सामाजिक संघ–संस्थाको उपस्थिति देखिएको छ। तर, सरकार देखिएन। सरकारका मन्त्रीहरू काठमाडौंमा मस्त छन्। उनीहरूमा कुनै संवेदनशीलता देखिएन। यस्तो सरकार र मन्त्रीहरू जनतालाई किन चाहियो? अब सार्वजनिक रूपमै बहिष्कार गर्नुपर्छ।’