मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Wednesday, 15 January, 2025
रासस काठमाडौं
२o८१ असोज १ मंगलबार १५:५१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार १५:५१:oo

नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको हो।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले नेपालका कुनाकन्दरा घुमेर यहाँको सौन्दर्य वर्णन गरेकामा लेखिकाप्रति आभार व्यक्त गर्दै उक्त पुस्तक पढेर युरोपेली मात्र नभई अन्य देशका अंग्रेजीभाषी पर्यटक नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरे।

राजदूत तानेले नेपाल र नेपालीबाट आफू प्रभावित भएको बताउँदै यहाँको प्राकृतिक छटालाई शब्दमा वर्णन गर्न नसकिने बताइन्। फरक प्रसंगमा उनले नेपालीका निम्ति रोमानिया रोजगारीको आकर्षक गन्तव्य बनेको बताउँदै हाल उक्त मुलुकमा २० हजारभन्दा बढी नेपालीले काम गरिरहेका जानकारी दिइन्।

यहाँस्थित रोमानियाका अवैतनिक वाणिज्यदूत नारायण बजाजले नेपाल र नेपालीलाई पुस्तकका माध्यमबाट चिनाउन राजदूत तानेले सराहनीय काम गरेको बताए।

नयाँदिल्लीमा रहेर नेपाल र श्रीलंकाको सहप्रमाणीकरणको समेत जिम्मेवारीमा रहेकी राजदूत सेजोनोभले रोमानियाको कूटनीतिक सेवा प्रारम्भ गर्नुअघि अन्तर्राष्ट्रिय रेडक्रसमा आबद्ध भएका वेला नेपालमा सेवा गरेकी थिइन्।