१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार २२:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः गोर्खा ब्वाइज, इन्टरनेट र रियलस्टार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार २२:५२:oo

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी जिल्ला लिग फुटबलअन्तर्गत सोमबार भएका खेलमा गोर्खा ब्वाइज, एफसी इन्टरनेट र रियलस्टार क्लव विजयी भएका छन्।

गोर्खा ब्वाइजले हेटौँडा फुटबल एकेडेमीलाई ६–० को फारकिलो गोल अन्तरले हराएको छ। गोर्खाका लागि मनोज घलानले ह्याट्रिकसहित ४ तथा रिहान लामा र रोहन देउलाले एक-एक गोल गरे । लगातार ४ खेलमा जित निकालेको गोर्खा ब्वाइजले समूहमा १२ अंक जोडेको छ।

यस्तै, सोमबारको अर्को खेलमा रियलस्टार क्लव हेटौँडा १२ ले इन्टरनेट सिटीलाई ३–० गोलले ले हराएको छ। रियलस्टारका लागि साजन थिङले २ र साजन पाख्रीनले एक गोल गरे।

सोमबारको अर्को खेलमा एफसी इन्टरनेट विजयी भएको छ। इन्टरनेटले हेटौँडा भेट्रान्सलाई १–० ले हराएको हो । इन्टरनेटका लागि सलोन वाइबाले गरेको गोल नै निर्णायक बन्यो।

प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको परेली युवा क्लव बस्तीपुर र आरआर एफसी मनहरी बीचको खेल एक-एक गोलको बराबरीमा रोकिएको छ। खेलमा आरआर एपसीले अग्रता बनाएको थियो । उसका लागी सन्देश बलले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । तर ८५ औं मिनेटमा परेलीका नविन गोलेले बराबरी गोल फर्काएपछि खेल बराबरीमा रोकियो । 

सोमबारको खेलमा आरआर एफसीले लिगको नियमविपरीतका खेलाडी खेलाएको भन्दै परेलीले आयोजक सामु उजुरी हालेको छ। यस विषयमा आवश्यक छानवीन भैरहेको आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रत्येक दिन २ वटा खेल मैदानमा ४ वटा खेलहरु भैरहेको छ। जिल्ला लिगमा सहभागी २८ क्लबमध्ये प्रतियोगिताको विजेताले एकलाख तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।