१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१ असोजदेखि डिडिसीका उत्पादनमा चाडपर्वलक्षित छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १८:२९:oo

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले दसैँ र तिहारलक्षित चाडपर्व छुट योजना ल्याएको छ। १ असोजदेखि कात्तिक मसान्तसम्म लागू हुने योजना अवधिभर दही खरिदमा ५ देखि १५ रुपैयाँ छुट राखिएको छ।

डिडिसीको एक लिटरको सादा दहीलाई १५० रुपैयाँ मूल्य तोकिएकोमा चाडपर्व अवधिभर १३५ रुपैयाँमा उपलब्ध गराउने डिडिसीले जनाएको छ। डिडिसीले दुई सय ग्रामदेखि ५० किलोसम्मको दही बिक्री गर्दै आएको छ।

थोक बिक्रेतालाई एक सय २० रुपैयाँ प्रतिलिटरमा उपलब्ध गराइरहेको दही चाडपर्व अवधिभर एक सय १० रुपैयाँमा बिक्री गरिने डिडिसीले जनाएको छ। त्यस्तै, आइसक्रिममा १० देखि ५० रुपैयाँ छुट राखिएको छ। १ लिटर आइसक्रिमको मूल्य ४४० रहेकोमा चाडपर्वमा ३९० रुपैयाँ तोकिने भएको छ। १ सय मिलिग्राम कपको आइसक्रिम ५० रुपैयाँ रहेकोमा ४० रुपैयाँमा पाइनेछ ।

खुवा प्रतिकिलो ८३५ रुपैयाँ रहेकोमा ४० रुपैयाँ छुट दिएर ७९५ रुपैयाँमा उपलब्ध गराइने डिडिसीले जनाएको छ। पनिरमा १० देखि २० रुपैयाँसम्म छुट राखिएको छ। डिडिसीको पनिर आधा किलोको ४०५ रुपैयाँ रहेकोमा चाडपर्व अवधिभर ३८५ रुपैयाँमा बिक्री गरिने संस्थानले जनाएको छ।

चिजमा २० देखि ५० रुपैयाँ छुट राखिएको छ भने प्रतिबट्टा रसबरीमा ४० र लालमोहनमा २० रुपैयाँ छुट दिइएको छ। डिडिसीको रसबरी र लालमोहन छुटपछि समान २७० प्रतिबट्टा पर्नेछ।

त्यस्तै, प्रतिलिटर घिउ ११ सय ५० रुपैयाँ मूल्य रहेकोमा ७० रुपैयाँ छुट दिएर एक हजार ८० रुपैयाँमा बिक्री गरिने डिडिसीले जनाएको छ। गाईको घिउ आधा लिटरको  ६५० रुपैयाँ मूल्य रहेकोमा ४० रुपैयाँ छुट दिएर ६१० रुपैयाँ मूल्य तोकिने भएको छ।