१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार २२:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला फुटबलः हाँडीखोला युथ समूह ‘घ’ को शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार २२:o७:oo

मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘घ’को शीर्ष स्थानमा उक्लिएको छ। आइतबारको खेलमा प्रतिभा क्लब हेटौँडालाई १–० गोल अन्तरले हराउँदै हाँडीखोला शीर्ष स्थानमा उक्लिएको हो।

लिगमा ३ खेल खेलेको हाँडीखोलाले २ जित र एक बराबरी गर्दै ७ अंक जोडेको छ। हाँडीखोलाको जितका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका उत्सव खड्काले गरेको गोल निर्णायक बन्यो। उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन्। 

सोही समूहमा रहेको सहिद स्मृति क्लब बागमती गाउँपालिका र हेटौँडाको युनाइटेड नाइनले भने एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। युनाइटेड नाइनले उपहार गोलमार्फत खेलमा अग्रता बनाएको भए पनि बागमतीले पाएको पेनाल्टी गोलमा परिणत हुँदा खेल बराबरीमा रोकिएको थियो।

यस्तै, आइतबार नै भएको अर्को खेलमा एफसी पोतालाले सक्षम क्लब नेवारपानीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। पोतालाका लागि अनुप रानामगरले २ तथा आशिष राना, दावा लामा र प्रितम स्याङ्बोले समान एक-एक गोल गरे। सक्षमका तर्फबाट एक मात्र गोल हेस्रन मगरले फर्काए।

यसैगरी, आइतबारको अन्तिम खेल भने अँध्यारोका कारण स्थगित भएको छ। प्रगतिशील युवा क्लब र पशुपति युवा क्लबबिच भएको ३–२ को अवस्थामा रोकिएको हो। प्रगतिले ३ र पशुपतिले २ गोल गरेको अवस्थामा रेफ्रीले पर्याप्त प्रकाश कमी भएको भन्दै खेल रोकेका हुन्। उक्त खेल सोमबार हुने आयोजकले जनाएको छ। 

यसअघि शनिबार एक-एकको अवस्थामा स्थगित भएको एफसी मल्टिभिजन र ७ नम्बर फुटबल टिमको खेलमा मल्टिभिजन विजयी भएको छ। बाँकी समय आइतबार बिहान खेलाइएको थियो। खेलमा मल्टिभिजनले एक गोल गर्दै २–१ ले विजयी भएको हो। 

२८ वटा क्लबको सहभागिता रहेको जिल्ला लिगमा दैनिक ४ वटा खेल भैरहेका छन्। लिगको विजेताले प्रदेशस्तरीय प्रतियोगिमा सहभागिता जनाउन पाउनुका साथै एक लाख नगद र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।