१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार २१:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जलन प्राथमिक केन्द्र स्थापनार्थ भेट्रान्स फुटबल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार २१:४७:oo

जलन प्राथमिक केन्द्र स्थापनाको उदेश्यले २४ भदौ सोमबारबाट हेटौँडामा तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक रोटरी क्लव अफ मकवानपुरले जानकारी दिएको छ। प्रतियोगितामा १५ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगिाको सोमबार हुने उद्घाटनमा साविक विजेता चितवन भेट्रान्स र नागस्वती भेट्रान्स हेटौँडाबिच खेल हुने अध्यक्ष अनिल अग्रवालले जानकारी दिए ।

२०७२ र ०७३ सालमा आयोजना भएको प्रतियोगितालाई रोटरीले लामो समयपछि पुनः निरन्तरता दिन लागेको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने अध्यक्ष अग्रवालले बताए । उनले प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य जलन प्राथमिकता केन्द्र स्थापना गर्नु रहेको जानकारी दिए ।
‘प्रतियोगिता सञ्चालनबाट बचत भएको रकमलाई विउ पुँजिको रुपमा प्रयोग गर्दै हेटौँडामा एउटा जलन प्राथमिक केन्द्र स्थापना गर्ने उद्देश्य लिएका छौ,’ उनले भने । शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको उनले बताए ।

हेटौँडा ५ मा रहेको पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिँदै जाने लक्ष्य रहेको खेल संयोजक मोहन ढकालले बताए । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगितामा पिप्ले युवा क्लव सहआयोजक र रोट¥याक्ट क्लव अफ मकवानपुरको सहकार्य रहनेछ ।