Skip This
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार ११:५६:oo

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेकी पहाडीलाई नै प्रबन्ध निर्देशकमा नियुक्ति गरिएको सरकारका एक मन्त्रीले जानकारी दिए । असोज ०८० मा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा मुछिएपछि सरकारले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । त्यसअघि उनी टेलिकमको नायब प्रबन्ध निर्देशकको भूमिकामा थिइन् ।  

पहाडीले टेलिकममा ३१ वर्ष बिताइसकेकी छिन् । उनी ०४९ मा नेपाल टेलिकममा सातौँ तहको इन्जिनियरका रूपमा प्रवेश गरेकी थिइन् । उनले करिब २२ वर्ष मोबाइल सेवाको विस्तार, योजनालगायतमा काम गरेकी थिइन् । पहाडी टेलिकमको नेतृत्वमा पुग्ने दोस्रो महिला बनेकी छिन् । यसअघि कामिनीराज राजभण्डारीले टेलिकमको नेतृत्व सम्हालेकी थिइन् ।