दुग्ध किसानको बक्यौता भुक्तान गर्न डिडिसीलाई सरकारले ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो।
मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिए। गत १७ भदौमा अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि सहमति दिएको थियो।