मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Tuesday, 01 September, 2026
२o८१ असार ३१ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक आठ घण्टापछि खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १७:१३:oo

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र स्थलमार्ग बेँसीसहर–चामे सडक खण्डअन्तर्गत लमजुङको स्याँगेमा पहिरो खस्दा अवरुद्ध सडक सञ्चालनमा आएको छ। 

मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा पहिरो खस्दा अवरुद्ध सडक आठ घन्टापछि खुलेको लमजुङ प्रशासनले जनाएको छ।

बेँसीसहरबाट मनाङतर्फ जाँदा वारि स्याँगे कटेपछि पारि स्याँगेको सडकमा पहिरो खसेको थियो। गएराति ढुंगासहितको पहिरो खसेको र पहिरोले  अवरुद्ध सडक केही समयअगाडि खुलाइएको वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए।

बेँसीसहर–चामे सडक हाल तल्लो मनाङको नासों गाउँपालिका– ९, दानक्युसम्म सञ्चालनमा छ। दानक्युदेखि माथिल्लो क्षेत्र सदरमुकाम चामेसहित मनाङ ङिस्याङ गाउँपालिका पुग्ने सडक चामे गाउँपालिका १, तिमाङ खोलाको दुई ठाउँमा बाढीले पुल बगाएपछि दुई सातादेखि सडक अवरुद्ध छ।