१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३० आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३० आइतबार १५:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे सात अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३० आइतबार १५:३o:oo

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतबार नेप्से ५२.९७ अंकले बढेर दुई हजार दुई सय ५७.५९ विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि दुई प्रतिशतभन्दा धेरैले बढेका छन्।

नेप्सेका सबै समूहमा हरियाली छाउँदा कारोबार रकमसमेत साढे सात अर्बभन्दा माथि पुगेको छ । आज ३०९ कम्पनीका दुई करोड २० लाख ४७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ।

आज नेप्सेका सबै समूहको सूचकमा वृद्धि भएको छ। बैंक र जलविद्युत् तीन प्रतिशतभन्दा धेरैले बढ्दा जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहको सूचकसमेत दुई प्रतिशतभन्दा धेरैले बढेको छ।

२०१ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा ३६ कम्पनीको मूल्यमा गिरावट देखिएको छ। आज रिडी पावर कम्पनी र मान्डु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमाल दोलखा हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र जानकी फाइनान्सको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरैले बढ्दा प्राइम डिबेन्चर–२०८४ चार प्रतिशत तथा बलेफी हाइड्रोपावर र एनआइसी एसिया सेलेक्ट फन्ड– ३० तीन प्रतिशतभन्दा धेरैले घटेका छन्।