Skip This
विपत् प्रभावित जिल्लाका सिडिओसँग प्रधानमन्त्री र गृहमन्त्रीको संवाद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
२o८१ असार २३ आइतबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपत् प्रभावित जिल्लाका सिडिओसँग प्रधानमन्त्री र गृहमन्त्रीको संवाद

जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १९:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत् प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल संवाद गरेका छन्।

आइतबार प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित ‘कन्ट्रोल रुम’ र गृहमन्त्री लामिछाने विपत्  प्राधिकरणको सभाहलबाट अति प्रभावित जिल्लाको हालको अवस्थाबारे जानकारी लिएका हुन्। 

ठूलो वर्षाका कारण पहिरो तथा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षति, उद्धार कार्य एवं तत्कालीन आवश्यकताबारे अति प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सम्बन्धित संघीय निकायसँग छलफल गरिएको हो। 

प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपतबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकार दत्तचित्तसाथ सक्रिय भइरहेको बताएका छन्। आवश्यकताअनुसार राज्यको सम्पूर्ण तागत लगाइने उनले बताए।

‘यस वर्ष विपतबाट ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ,’ उनले निर्देशन दिए।

गृहमन्त्री लामिछानेले संखुवासभा, सिन्धुपाल्चोक, गुल्मी, स्याङ्जा, जाजारकोट र दाङका प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी हाल ती जिल्लाको अवस्था र आवश्कयताबारे जानकारी लिएका छन्। त्यसक्रममा प्राधिकरणका पदाधिकारी एवं कमान्ड पोस्टका संयोजकको उपस्थिति थियो।