१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १६ आइतबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १६ आइतबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ओजन तह बचाउन अन्तर्राष्ट्रिय अभ्यास नेपालले पछ्याइरहेको छ : गुणस्तर विभाग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १६ आइतबार १७:५२:oo

ओजन तह बचाउनका लागि विश्वभर भइरहेको अभ्यासलाई नेपालले पनि पछ्याइरहेको गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारीज्योति जोशीले दाबी गरेकी छिन्।

आइतबार आयोजित ओजन तह संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै महानिर्देशक जोशीले हानिकारक ग्यासको आयात र प्रयोगलाई निरुत्साहित गर्ने नीति कार्यान्वयन गरिरहेको बताइन्। ‘ओजन तहको संरक्षण गर्न विश्व समुदायसँग नेपालले पनि प्रतिबद्धता जनााएको छ,’ उनले भनिन्, ‘त्यसैले विश्वले जे अभ्यास गरिरहेको छ, हामीले पनि त्यस्तै कार्यक्रम र नीति लागू गरिरहेका छौँ।’

उनले सन् २०३० भित्र ओजन तह संरक्षणका लागि हानिकारक ग्यासको आयात र प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्य राखेर कार्यक्रमहरू सञ्चालन भइरहेको बताइन्। त्यस्तै, हाइड्रोफ्लोरोकार्बनसम्बन्धी १८ वटा हानिकारक ग्यासलाई प्रतिबन्ध लगाउने तयारीसमेत भइरहेको जानकारी दिइन्।

नेपालले सन् २००४ मा विभागमातहत राष्ट्रिय ओजन युनिट स्थापना गरी वातावरण र ओजन तह संरक्षणका क्षेत्रमा काम गरिरहेको छ।
 

ad
ad
ad
ad