१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १४ शुक्रबार
  • Sunday, 30 June, 2024
रासस ब्रसेल्स
२o८१ असार १४ शुक्रबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

इयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड युरो प्रदान

Read Time : < 1 मिनेट
रासस, ब्रसेल्स
नयाँ पत्रिका
२o८१ असार १४ शुक्रबार १६:o७:oo

युरोपियन युनियनले युक्रेनलाई रुससँगको द्वन्द्वको बीचमा युक्रेनको प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ।

युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताइन्। 
 
उनले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’को रूपमा वर्णन गर्दै किभले इयूमा आफ्नो ‘सही स्थान’ पाउने बताइन्। जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउँदै युक्रेन सुविधाअन्तर्गत अर्बौँ रकम वितरण गरिने इयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छिन्।

यसअघि इयूले गत हप्ता युरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता सुरु गरेको थियो। हंगेरीले यस कदमलाई रोक्ने प्रयास गरे पनि गत हप्ता समूहका २७ सदस्यको सम्झौता सुरक्षित भएको थियो।

टर्की र धेरै पश्चिमी बाल्कन राज्यहरूले विलय प्रक्रियामा वर्षौँ बिताएका हुनाले वार्ताले अन्ततः इयू सदस्यतामा लैजाने सुनिश्चितता भने गरेको छैन। वार्ताले जारी रुस–युक्रेन द्वन्द्वले युरोपेली संघको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनर्जीवित भने गरेको छ।

युक्रेनले आक्रमणको लगत्तैपछि सन् २०२२ फेब्रुअरीमा समूहमा सामेल हुने आफ्नो इच्छा दर्ता गरेसँगै छिमेकी मोल्दोभा नजिकबाट पछि लागेको छ। वार्ता सुरु गर्न हस्ताक्षर गर्नुभन्दा पहिले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यो साँच्चै ऐतिहासिक क्षण हो र युक्रेन सधैँ एकताबद्ध युरोपको हिस्सा रहनेछ।’ रासस

ad
ad
ad
ad