मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ११ मंगलबार
  • Wednesday, 19 March, 2025
२o८१ असार ११ मंगलबार १३:१३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चितवनका ६ पालिकाले झन्डै नौ अर्बको बजेट सार्वजनिक गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ११ मंगलबार १३:१३:oo

चितवनका ६ पालिकाले झन्डै नौ अर्बको बजेट सार्वजनिक गरेका छन्। सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकाले सार्वजनिक गरेको छ। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट सार्वजनिक गरेको छ।

रत्ननगर नगरपालिकाले १ अर्ब ४३ करोड ५३ लाख, कालिका नगरपालिकाले ८७ करोड ७८ लाख ८१ हजार र माडी नगरपालिकाले ९९ करोड ६० लाख ३५ हजार बजेट सार्वजनिक गरेका छन्। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको ७७ करोड ८८ लाख ९२ हजारको बजेट सार्वजनिक भएको छ । 

चितवनको खैरहनी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमको रूपमा ‘नगरवासीलाई टेवा घर दैलोमै सेवा’ भन्ने नयाँ कार्यक्रम ल्याएको छ ।

नगर प्रमुख शशिकुमार खनियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरपालिकाले कार्यालय समयमा अत्यन्त व्यस्त हुने र नगरपालिका वा वडाअन्तर्गतका कार्यालयमा कार्यालय समयमा उपस्थित हुन नसक्ने नगरवासीलाई घरमै पुगेर सेवा प्रदान गर्ने व्यवस्थासहित यो कार्यक्रम सुरु गरेको हो ।  यो कार्यक्रमको उद्देश्य नागरिकले आफ्नो दैनिकी बिगारेर सेवाकै लागि वडा वा कार्यालय नपुग्न नपरोस् भन्ने हो । खैरहनी नगरपालिकाले गत वर्षदेखि सुरु गरेको बाआमा स्वास्थ्य कार्यक्रम तथा घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ।  खैरहनी नगरपालिका उपमेयर कविता उप्रेतीले  एक अर्ब एक करोड ५४ लाख ९५ हजार बजेट सार्वजनिक गरेकी छिन् ।