मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Monday, 13 January, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ असार ६ बिहीबार १८:o१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

उच्च शिक्षा अध्ययनका लागि बेलौरी नगरपालिकाद्वारा १९८ विद्यार्थीलाई छात्रवृत्ति

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १८:o१:oo

कञ्चनपुरको बेलौरी नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि एक वर्षमा १९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

नगरस्तरीय छात्रवृत्ति कार्यक्रमअन्तर्गत नगरपालिकाले जिल्लाका दुई क्याम्पससहित जिल्लाबाहिर प्राविधिक एवं उच्च शिक्षा अध्ययन गर्ने नगरपालिकाका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो।

चालू आर्थिक वर्षमा नगरपालिकाले रामपुर बहुमुखी क्याम्पसमा अध्ययनरत १४, महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६५, दलित विद्यार्थी ३८ जना र नगरबाहिर रहेका प्राविधिक धारका ८१ जनालाई २० लाख पाँच हजार रुपैयाँबराबरको रकम प्रदान गरेको छात्रवृत्ति फोकल पर्सन रोशन चौधरीले जानकारी दिए।

उनका अनुसार जेहेनदार, गरिब, विपन्न, आदिवासी जनजाति, दलित, मुक्त कमैया, मुक्त हलिया, द्वन्द्वपीडितसहितका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। ‘प्राविधिक धारतर्फका विद्यार्थीलाई जनही १५ हजार र साधारणतर्फ जनही १० हजारका दरले छात्रवृत्ति वितरण गरेका छौँ,’ उनले भने।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले अध्ययनका क्रममा आइपर्ने समस्या समाधानका लागि स्थानीय सरकारले अभिभावकत्व बहन गरेको बताए।